केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अहिलेसम्म ४ हजार २२२ प्रहरीलाई कोरोना संक्रमण

सहयात्रा टिभी

काठमाण्डौं । असोज–१३, नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या ४ हजार २२२ पुगेको छ । जसमध्ये १ हजार ८१५ सक्रिय संक्रमित छन् । तीमध्ये २ हजार ४०७ जना डिस्चार्ज भएका छन् ।

काठमाडौंस्थित प्रहरी प्रधान कार्यालयमा कार्यरत २८३ जना सक्रिय संक्रमित छन् भने काठमाडौं उपत्यकामा ६६७ जना सक्रिय संक्रमित छन् । यस्तै प्रदेश १ मा १६१ जना सक्रिय संक्रमित छन् । प्रदेश २ मा १२३ जना, वाग्मती प्रदेशमा १२५ जना, गण्डकी प्रदेशमा १५१ जना, प्रदेश ५ मा १६४ जना, कर्णाली प्रदेशमा ५५ जना र सुदूरपश्चिम प्रदेशमा ८६ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित : 29 September, 2020

प्रतिक्रिया दिनुहोस्