केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज विश्व मुटु दिवस, ९० प्रतिशत नेपालीले मुटुमैत्री खाना खाँदैनन्

सहयात्रा टिभी

काठमाण्डौं । असोज–१३, आज सेप्टेम्बर २९ तारिख अर्थात विश्व मुटु दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । विश्व हृदय महासंघ र विश्व स्वास्थ्य संगठनले सन् १९९९ देखि सेप्टेम्बर २९ तारिखमा यो दिवस मनाउने घोषणा गरेपछि दिवस मनाउन थालिएको हो ।

बदलिदो जीवनशैली र अस्वस्थ्यकर खानपानका कारण विकासशिल राष्ट्रका लागि मुटु रोग चुनौति बन्न थालेको छ । नेपालमा नसर्ने रोगमध्ये जटिल बन्दै गएको मुटुरोग मानिसका क्रियाकलाप, जीवनशैली, खानपान मुटुरोगको प्रमुख कारणको रूपमा देखापरेको छ । कहिल्यै आराम नगर्ने तपाईंको संवेदनशील अंग मुटु स्वस्थ छ रु छैन भने जीवनशैली सुधार्नुहोस् । मुटु स्वस्थ हुँदा कोरोना संक्रमण भइहाले पनि रोगसँग लड्न सजिलो हुन्छ।

मुटु स्वस्थ राख्न र कोरोना संक्रमण हुन नदिन खानपान र जीवनशैली सुधार्नुपर्ने चिकित्सकहरूको सुझाव छ। वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार ९० प्रतिशत नेपालीले मुटुमैत्री खाना खाँदैनन् । यसले गर्दा पनि मुटुजन्य समस्या बढिरहेको छ। नेपाल हृदयरोग निवारण प्रतिष्ठानका अनुसार नेपालको कुल जनसंख्याको २५ प्रतिशत अर्थात् करिब ७५ लाख जनता मुटु रोगी भएको अनुमान गरिएको छ। नेपालमा करिब ३० प्रतिशत वयस्क जनतालाई उच्च रक्तचाप छ । २० प्रतिशतलाई कोलेस्टेरोल छ । १० प्रतिशतलाई मधुमेह छ।

प्रकाशित : 29 September, 2020

प्रतिक्रिया दिनुहोस्