केपी ओली प्रचण्ड माधव नेपाल एमाले


समयअनुसार रुपान्तरण गरेर हुलाक सेवा अघि बढाउनुपर्छः प्रधानमन्त्री ओली

सहयात्रा टिभी

काठमाडौं । असोज–२३, १४६ औँ विश्व हुलाक दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले विकास भइरहेको सेवाको विस्तार गरेर हुलाक सेवाको प्रभावकारिता अभिवृद्धि गर्नुपर्ने बताएका छन्। नेपालको हुलाक सेवालाई समयानुकूल प्रभावकारी, प्रतिस्पर्धी, आत्मनिर्भर र व्यावसायिक बनाएर नागरिकको माग र चाहनाअनुसार लय मिलाएर काम गर्नु पर्ने बताएका हुन् ।


हुलाक सेवा जनस्तरमा सञ्चार सेवा उपलब्ध गराउने संसारकै सबैभन्दा पुरानो र ऐतिहासिक सेवा भएकोले भन्दै यसलाई समयअनुसार रुपान्तरण गरेर अघि बढाउनुपर्ने उनको भनाई छ । नेपालमा विसं १९३५ सालमा हुलाक घरको स्थापना भएर संस्थागत रुपमा हुलाक सेवा सुरु भएको थियो ।

प्रकाशित : 9 October, 2020

प्रतिक्रिया दिनुहोस्