केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रधानमन्त्री ओलीका तीन सल्लाहकार कोरोना सङ्क्रमणमुक्त

सहयात्रा टिभी

काठमाडौं । असोज–२३, प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापा कोरोना सङ्क्रमणमुक्त भएका छन् । प्रेस सल्लाहकार थापाले पीसीआर परीक्षण गर्दा आफूसहित रिमाल र भट्टराईको नेगेटिभ रिपोर्ट आएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन्।
सबैलाई गएको असोज १७ गते सङ्क्रमण भएको थियो ।

सल्लाहकार थापाका अनुसार परिवारका सदस्यको कन्ट्याक्ट ट्रेसिङ परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको छ । साथै आफूहरुप्रति शुभेच्छा र सद्भावका निम्ति सबैप्रति आभारी रहेको पनि उनले लेखेका छन् ।

 

प्रकाशित : 9 October, 2020

प्रतिक्रिया दिनुहोस्