अश्लिल शब्द सिकाउने सुगालाई चिडियाघरबाट हटाइयो


एजेन्सी । असोज–२३, वेलायतको एउटा चिडियाघरले त्यहाँ राखिएका फोहर शब्दहरु बोल्ने पाँच वटा बदमास सुगालाई सार्वजनिक प्रदर्शनबाट हटाइएको जनाएको छ । तिनीहरुलाई एउटै कोठामा राखिएकाबेला तिनीहरुले एकले अर्कालाई आफुहरुले जानेका अशिल शब्दहरु सिकाएका थिए ।

लिन्कोनसायर बन्यजन्तु निकुन्जले विभिन्न व्यक्तिले रिक , जेड , एलिस , टाइसन र बिल्ली नामका खरानी रंगका अफ्रकी सुगा सो चिडियाखानालाई उपहार स्वरुप दिएको जनाएको छ । प्रर्दशनमा राखिनु अघि तिनीहरु सबेलाई एकै स्थानमा क्वारेनटाइनमा राखिएको थियो । तिनीहरुलाई प्रदर्शनका लागि राखिएको केहि समय पछि नै चिडियाघरका कर्मचारीहरुले तिनीहरु करतुत थाहा पाएका थिए ।

चिडियाघरका प्रमुख कार्यकारिणी अधिकारी स्टिभ निकोलसले आफुहरु तिनीहरको कारण विशेष गरी आगन्तुक बालबालिकालाई लिएर चिन्तित रहेको बताएका छन् । बानी सुधारेको खण्डमा पुन प्रदर्शनमा राख्नका लागि अहिले तिनीहरुलाई एक्ला एक्लै राखिएको खबर आजको समाचारपत्रले उल्लेख गरेको छ ।

Please comments here  

Address

    Maharajgunj Bansbari -03 Kathmandu
   01-4371605
   98 / 97
    [email protected]
   Reg. No. : 43/ 073-074

Our Team

प्रकाशक: चन्दा घिमिरे
सम्पादक: कमल राना
मुख्य सल्लाहकार: कुमार बस्नेत , मदनदास श्रेष्ठ
हाम्रो फेसबुक पेज