केपी ओली प्रचण्ड माधव नेपाल एमाले


२८ दिन लामो अनसन तोडे प्रा.डा. केसीले

सहयात्रा टिभी

काठमाडौं । असोज –२५, चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै अनशनरत प्रा.डा. गोविन्द केसीले अनसन तोडेका छन्। डा. केसी र सरकारबीच मध्यरातमा ८ बुँदे सहमति भएसँगै आज बिहान साढे ९ बजे पत्रकार सम्मेलन गरेर केसीले अनसन तोडेको बताइएको छ ।
कोरोना संक्रमण भएर निको भएका त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर डा. केसीले अनसन तोडेका हुन्। पत्रकार सम्मेलनमा बोल्दै केसीले संक्रमणपछि पनि एकदिन आराम गरेर बिरामीको सेवामा खटिएकोमा विकासको प्रशंसा गर्दै अनसनप्रति ऐक्यवद्धता जनाउने र सहयोगी सबैलाई धन्यवाद दिएकाछन्। अनसन तोडेसँगै उनलाई आइसियूमा लगिएको स्रोतको भनाई छ ।

गएराति सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक एवं शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनाली र डा. केसीले हस्ताक्षर गरेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक डा. दिव्यासिंह शाहले सरकारी र डा. केसी पक्षबीच निर्णायक वार्ता गराउन भूमिका निर्वाह गरेकी हुन्। भंग भइसकेको वार्ता चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)की डिनसमेत रहेकी डा. शाहकै पहलमा जोडिएर निष्कर्षमा पुगेको जनाइएको छ।१९ औं अनशन ६ बुँदे माग राखेर भदौ २९ गते जुम्लाको एक धर्मशालाबाटसुरु गरेका केसीलाई असोज ५ गते नेपालगञ्ज ल्याइएको थियो। स्वास्थ्य अवस्था गम्भीर बनेको भन्दै नेपालगञ्जबाट हेलिकप्टरमा असोज ६ गते काठमाडौं ल्याइएपछि उनी त्रिवि शिक्षण अस्पतालमा अनशनरत छन्। उनी अनशन बसेको आज २८ दिन पुगेको थियो।

प्रकाशित : 11 October, 2020

प्रतिक्रिया दिनुहोस्