केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको राशिफल

सहयात्रा टिभी

काठमाण्डौं । असोज–२७,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
मेहनेतले काम बन्नेछ । स्वास्थ्य कमजोर रहनेछ । सहयोगीहरुको साथ र समर्थनले सफलता हात लाग्ने छ । खर्च हुने योग छ ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
रमाइलो यात्राका बीच महत्वपूर्ण भेटघाट हुने सम्भावना छ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। बलजफ्तीले काम बिग्रन सक्छ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
रोकिएका काम बन्नाले आम्दानी बढ्नेछ। खर्च लागे पनि दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। सरल जीवनशैलीले अरूलाई प्रभावित बनाउन सकिनेछ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अध्ययनमा धेरै समय दिन नसकिए पनि सीप र कलामा निखारता आउनेछ। पहिलेदेखि रोकिएको काम सम्पादन हुनेछ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय अनुकुल रहने हुँदा सोचेको काम बन्नेछ । अध्ययनमा ध्यान केन्द्रित हुनेछ भने मिहिनेतले उपलब्धि दिलाउन सक्छ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पारिवारिक समस्याले सताउन सक्छ। साइनो गाँस्नेहरूबाट सजग रहनुपर्ला। विशेष अवसरले ठूलै काममा हिम्मत दिलाउनेछ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
जुझारू कार्यशैलीले विशेष अवसर दिलाउनेछ भने पुरुषार्थ देखाएरै लाभ हातपार्न सकिनेछ। सहयोगीहरूले साथ दिनेछन्।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउनेछ। लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्नेछ। साथीभाइको सहयोग जुट्नाले प्रतिस्पर्धीहरूलाई वशमा ल्याउन सकिनेछ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
स्थिति प्रतिकुल रहनेछ । फजुल खर्च बढ्ने छ । आफ्नो समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। फजुल खर्चका बीच कामको बोझ पनि बढ्न सक्छ। आफन्तहरू टाढा हुनेछन्।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)
आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। मिहिनेत गर्दा राम्रै अवसर पाइनेछ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
काम देखाएर उपलब्धि हातपार्ने समय छ। विशेष जिम्मेवारी अथवा नोकरी प्राप्त हुन सक्छ। विशिष्ट व्यक्तित्वसँग मित्रता बढ्नेछ।

प्रकाशित : 13 October, 2020

प्रतिक्रिया दिनुहोस्