केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कुकुरको जस्तो जीवनशैली अपनाएका व्यक्ति

सहयात्रा टिभी

एजेन्सी । असोज–२७, वेलायतको साल्फोर्ड सहरमा वस्ने एक व्यक्तिले आफूले मानिसको जस्तो कहिल्यै महसुस नगरेको भन्दै पूर्ण रुपमा एक कुकुरको जीवनशैली अपनाएका छन् ।३७ वर्षीय काज जेम्सले वाल्यकालदेखि नै आफूले एक कुकुर भएको महसुस गरेकाले मानिसका रुपमा आफूलाई एकदमै अनौठो लाग्ने गरेकाले आफूले कुकुरको व्यक्तित्व र जीवनशैली अपनाएर जिउने गरेको बताएका हुन् । यसका लागि उनले कुकुरको भाडाबाट खानपिन गर्ने गर्छन्, कुकुरको जस्तो देखिन कुकुरको मुकुट लगाउँछन् र कुकुर जसरी नै साथीभाईहरूलाई भुक्ने, चाट्ने र टोक्ने गरेका छन् ।

त्यसैगरी उनी कुकुरजस्तै आफ्नो दाँतको प्रयोग गरेर चीजबीजहरू उठाउने समेत गर्छन् । यसका साथै उनले बाटोमा अरु कुकुर देख्दा तिनीहरूलाई पनि भुक्ने गर्छन् । यसरी कुकुरलाई आफूले भुक्दा वरिपरिका मानिसहरूले भने उनलाई निकै अनौठो मानेर हेर्ने गरेको बताउँछन् ।साल्फोर्डमा स्टोर म्यानेजरका रुपमा काम गर्ने उनी आफ्नो कार्यक्षेत्रबाहिर भने कुकुरकै पहिरनमा देखिने गर्दछन् । जसका लागि उनले कुकुरको मुकुट, कुकुर बाँध्ने साङ्ग्लो र करीब २ हजार पाउण्ड परेको एक भुवादार पहिरन लगाउने गरेका छन् ।

जेम्सले सानैदेखि जहिले आफूले अरुभन्दा भिन्न महसुस गर्ने गरेको र १७ वर्षको उमेरमा पहिलोपटक इन्टरनेट चलाउँदा अनलाईनमा आफूजस्तै अरु पनि भेटिएकाले बल्ल सहज अनुभव गर्न थालेको बताएका छन् । त्यसैगरी उनले पहिलेदेखि नै साथीभाईहरूसँग भेट्दा पनि उनीहरूको सर्टको कलरमा दाँतले टोकेर वा कुकुर जसरी भुकेर र चाटेर अभिवादन गर्ने गरेको बताउँछन् ।

जेम्सका अनुसार उनले करीब ६ वर्षको हुँदादेखि कुकुरको जस्तो अनुभव गर्ने गरेका हुन् । तर अनलाईनमा आफूजस्तै अरुसँग च्याट गर्न थालेदेखि भन्ने आफू को हो भनेर चिन्न सुरु गरेको उनले बताएका छन् । जेम्सका अनुसार उनका लागि कुकुर हुनु नै उनको जीवनको सबथोक हो र उनले आफ्नो जीवनशैलीको हरेक पक्ष यसै अनुसार ढाल्दै लगेका छन् । कुकुरको जस्तो जीवन बाँच्ने गरेका जेम्सले घरमा दुईवटा कुकुर पनि पालेका छन् । त्यसैगरी उनले ‘डग ट्रेनिंग: हाउ टू ट्रेन अ ह्युमन पप’ नामको पुस्तक पनि लेखेका छन् ।

प्रकाशित : 13 October, 2020

प्रतिक्रिया दिनुहोस्