केपी ओली प्रचण्ड माधव नेपाल एमाले


क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण

सहयात्रा टिभी

एजेन्सि । असोज–२८, पोर्चुगलका फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई कोरोनाभाइरस सङ्क्रमण भएको छ।जुभेन्टस क्लबका अग्रपङ्तिका ३५ वर्षीय खेलाडी रोनाल्डोमा कुनै लक्षण देखिएको छैन तर उनी आइसोलेसनमा बसेका छन्।

नेसन्स लिग प्रतियोगिता अन्तर्गत अब बुधवारको निम्ति तय भएको स्वीडेनविरुद्धको खेलमा उनी आफ्नो राष्ट्रको टोलीबाट उत्रिने छैनन्।पोर्चुगलको फुटबल महासङ्घका अनुसार पोर्चुगल टोलीका अन्य सबै खेलाडी सदस्यहरूको परीक्षण भने नेगेटिभ देखिएको छ।यसअघि सो प्रतियोगिता अन्तर्गत नै आइतवार भएको खेलमा पोर्चुगल र फ्रान्सबीच बराबरी भएको थियो।कोरोनाभाइरस सङ्क्रमणको दोस्रो लहरले युरोपभरि प्रभाव पारिरहँदा थप कडिकडाउ घोषणा गर्ने द नेदर्ल्यान्ड्स पछिल्लो देश बनेको छ।प्रधानमन्त्री मार्क रुटले आगामी चार साताका निम्ति आंशिक लकडाउन घोषणा गरेका छन् अनि सार्वजनिक परिसरमा मास्क अनिवार्य गराएका छन्।हालका निम्ति खोप आकाशको फल भएको उनले बताए। चेक गणतन्त्रका स्वास्थ्यमन्त्रीले विद्यालयहरू बन्द गरिने निर्णयको बचाउ गरेका छन्।लकडाउन खुकुलो पारेपछि मानिसहरू लापरवाह बनेको उनले बताए।फ्रान्सले गत साता प्रतिदिन औसत १७ हजार सङ्क्रमणको रेकर्ड बेहोर्‍यो।राष्ट्रपति एमानुएल माक्रोँले बुधवार थप कडिकडाउ घोषणा गर्ने ठानिएको छ। स्थानीय सञ्चारमाध्यमहरूले प्यारिस लगायत सङ्क्रमण धेरै देखिएका ठाउँमा रात्रिकालीन कर्फ्यु हुनसक्ने उल्लेख गरेका छन्।यसअघि जर्मन चान्सलर एङ्गला मर्कलले युरोपको अवस्थालाई उनले निकै चिन्तापूर्वक हेरिरहेको बताएकी थिइन्।रुसले पनि दैनिक रेकर्ड वृद्धि गर्दै १४ हजार सङ्क्रमित भएको जनाएको छ तर राष्ट्रव्यापी लकडाउन भने नगर्ने बताएको छ। बिबिसी

प्रकाशित : 14 October, 2020

प्रतिक्रिया दिनुहोस्