केपी ओली प्रचण्ड माधव नेपाल एमाले


निःशुल्क पीसीआरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलको नयाँ मापदण्ड

सहयात्रा टिभी

काठमाडौं । असोज–२९,स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पीसीआर परीक्षणका लागि नयाँ मापदण्ड लागू गर्दै निःशुल्क कोरोना परीक्षणका लागि समूह तोकेको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आर्थिक रूपले विपन्न अशक्त, असहाय नागरिक, असहाय एकल महिला, अपाङ्गता भएका नागरिक, ज्येष्ठ नागरिकलाई निःशुल्क पीसीआर परीक्षण हुने बताएकाछन् ।

 

अग्रस्थानमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मी, जोखिम क्षेत्रमा कार्यरत कर्मचारीको निःशुल्क कोरोना परीक्षण हुने उनले बताए । प्रवक्ता गौतमले निःशुल्क परीक्षण गर्ने दायराभित्र परेका व्यक्तिका बीमा कम्पनीमा बीमा गरिएको भएमा परीक्षण र उपचार खर्च सोही बीमा रकमबाट बेहोरिने निर्णय गरेको पनि थपेकाछन् ।उनले समूहगत आवासमा बस्ने व्यक्ति, ब्यारेक, जेल, छात्रबास, वृद्धाश्रम लगायतमा ‘मास स्क्रिनिङ’का लागि एन्टिजेन परीक्षण गरिने बताए ।प्रवक्ता गौतमले असोज १९ गतेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको जानकारी दिए ।

प्रकाशित : 15 October, 2020

प्रतिक्रिया दिनुहोस्