केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मनास्लुको सफल आरोहण गरे बहराइनका राजकुमारले

सहयात्रा टिभी

काठमाडौं । असोज–२९,बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाले ८,१६३ मिटर अग्लो मनास्लु हिमालको सफल आरोहण गरेका छन् ।

सेभेन समिट ट्रेक्स प्रालिका कार्यकारी निर्देशक पासाङ पुर्खा शेर्पाका अनुसार बिहीबार बिहान ६ बजेर १० मिनेटमा राजकुमार खलिफा शिखरमा पुगेका थिए । मनास्लु आरोहणका लागि राजकुमारसहितको टोली बुधबार आधारशिविर पुगेको थियो । सेभेन समिट ट्रेक्सले ,आरोहण दलमा सुरक्षा टोली र नेपाल तथा हल्यान्डका आरोहण गाइडसहित ५० जनाभन्दा बढी सहभागी रहेको जनाएको छ । तिनमा आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल चढ्ने मिङ्मा शेर्पा र छाङदावा शेर्पा, अक्सिजनबिनै सगरमाथा चढ्ने कान्छा आरोही टासीलाक्पा शेर्पा, २४ पटक सगरमाथा चढेर कीर्तिमान बनाएका कामीरिता शेर्पा पनि थिए ।

सन् २०२० यता नेपालमा आठ हजार मिटरभन्दा अग्लो हिमाल आरोहण भएको यो पहिलोपटक हो । यसअघि असोज १७ गते राजकुमारको टोलीले सोलुखुम्बुको लोबुचे हिमाल पनि आरोहण गरेको थियो ।

प्रकाशित : 15 October, 2020

प्रतिक्रिया दिनुहोस्