केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दसैंको तीन दिन कोरोना परिक्षण नहुने : प्रवक्ता,स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

सहयात्रा टिभी

काठमाडौं । कार्तिक–०५,दसैंको तीन दिन महानवमी, विजयादशमी र एकादशीका दिन नयाँ कोरोना पिसिआर परीक्षण नहुने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले यी दिनहरुमा देशभर पिसिआर परीक्षण हुँदै आएका प्रयोगशालमा पिसिआर परीक्षण नहुने बताएका हुन्।यस्तै यी दिनबाहेक अन्य समयमा पूर्ण रुपमा कोरोना परीक्षण हुने तथा सबै ल्याब पूर्ण रुपमा सञ्चालन गरिने निर्णय भएको प्रवक्ता गौतमले बताए। ती तीन दिनहरुमा प्रयोगशालाको चापअनुसार काम गर्ने, गराउने व्यवस्था मिलाउन निर्देशन दिने निर्णय भएको समेत उनको भनाइ रहेको छ।

प्रकाशित : 21 October, 2020

प्रतिक्रिया दिनुहोस्