केपी ओली प्रचण्ड माधव नेपाल एमाले


संघीय सांसदको सुधारिएको लोगो सार्वजनिक

सहयात्रा टिभी

काठमाडौं । कार्तिक– १५, संघीय सांसदको सुधारिएको लोगो सार्वजनिक भएको छ ।

 

संसद सचिवालयले साउन अन्तिम साता लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटिएको नेपालका नयाँ नक्सा भएको लोगो बनाएको थियो । तर सो लोगो भद्दा भएको भन्दै चौतर्फी आलोचना भएपछि संसद सचिवालयले पुनः लोगो बनाउने घरेलु तथा साना उद्योग कार्यालयलाई नै फिर्ता गरिदिएको थियो ।

नयाँ लोगो बनाउन लागेको खर्च पहिले जसले बनाएको थियो उसैले व्यहोरेको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिएका छन् ।

प्रकाशित : 31 October, 2020

प्रतिक्रिया दिनुहोस्