केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दीपिकाको ठाउँमा भित्रिइन् श्रद्धा

सहयात्रा टिभी

काठमाडौं । कार्तिक–२३,चलचित्र ‘कृष्ण लिला’मा अभिनेत्रीको रुपमा श्रद्धा क्षेत्री भित्रिएकी छन् । यस अगाडि फाइनल भएकी अभिनेत्री दीपिका प्रसाईंले स्वास्थ्यमा समस्या देखाएर फिल्मबाट बाहिरन इच्छा गरेको कारण निर्माण युनिटले उनको ठाउँमा श्रद्धालाई भित्र्याएको जनाएको हो ।


निर्माता रत्न श्रेष्ठले फिल्मका लागि अभिनेत्रीको रुपमा दीपिकाको ठाउँमा श्रद्धा क्षेत्री आएको जानकारी दिए । दीपिका केही समययता थाइराट र माइग्रेसनको समस्याले पिडित रहेको र फिल्म अभिनय गर्न असमर्थ भएको उनका पति दीवाकर भट्टराईले जानकारी दिएको कारण अभिनेत्री परिवर्तन गर्नु परेको निर्माता श्रेष्ठको भनाइ छ ।मुम्बईमा मोडलिङ गरिररहेकी श्रद्धाले उक्त चलचित्रमा अभिनेता पुष्प खड्कासँग देखिनेछिन् । फिल्ममा श्रद्धाको अलवा पुष्प खड्का, बुद्धि तामाङ, रविन्द्र झालगायतका कलाकारको अभिनय रहनेछ । सञ्चारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीको कथा, पटकथा तथा संवाद रहेको फिल्मको छायाँकन छिट्टै हुने निर्माण युनिटले जनाएको छ ।दीपक ओलीको निर्देशन रहने यस फिल्मका प्रस्तुतकर्ता रोहित कट्टेल हुन् । रत्न श्रेष्ठ निर्माता रहेको फिल्म शिव ढकालले खिच्दैछन् ।

प्रकाशित : 8 November, 2020

प्रतिक्रिया दिनुहोस्