केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेकपा विवाद उत्कर्षमा : ओलीले प्रधानमन्त्री छाड्छन् ?

सहयात्रा टिभी

काठमाडौं । मंसिर–१०, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को सचिवालय बैठकका लागि केही दिन मात्रै बाँकी रहेका वेला पार्टीका दुवै समूह आ-आफ्नो तयारीमा जुटेका छन् ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको भूमिका सकारात्मक नहुँदा पार्टी र सरकार दुवै अपेक्षाकृत ढंगबाट चल्न नसकेको निष्कर्ष निकालेको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका अन्य वरिष्ठ नेताहरुको समूहले ओलीले दुईमध्ये एक पद छोड्नैपर्ने अडान लिएका छन् ।

गत ३ गतेको सचिवालय बैठक १३ गतेका लागि सर्दा पार्टीमा एक प्रकारको ‘युद्दविराम’ जस्तै भएको र त्यसले समस्या समाधान गर्ने अपेक्षा गरेका तल्लो तहका कार्यकर्ता दुई ध्रुबमा विभाजित हुने क्रम पनि बढेको छ । यता पार्टी विवाद मिलाउन भनेर लागिरहेका दोस्रो तहका नेताहरुमा तिक्तता झनै बढेको छ ।

प्रकाशित : 25 November, 2020

प्रतिक्रिया दिनुहोस्