केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पल्सर स्पोर्टस् अवार्डको मुख्य सह-प्रयोजकमा डिश मिडिया नेटवर्क

सहयात्रा टिभी

काठमाडौं । पुस ८, नेपाल खेलकुद पत्रकार मञ्चले प्रत्येक वर्ष आयोजना गर्दै आएको अवार्ड ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७६’ को डिश मिडिया नेटवर्कले मुख्य सह-प्रायोजन गर्नेे भएको छ । अवार्डको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च र डिस मिडियाबीच बुधबार आयोजित एक कार्यक्रममा सम्झौता भएको हो ।

डिस मिडियाका प्रबन्ध निर्देशक सुदीप आचार्य र मञ्चका महासचिव प्रज्वल ओलीले सम्झौत पत्रमा हस्ताक्षर गरेका थिए । नगद ७ लाख र डिसको सेवा गरि झन्डै ११ लाख रुपैयाँ बराबरको प्रायोजन गरेको बताइएको छ । अवार्डमा डिस होम केहि वर्षयता निरन्तर रुपमा साथ रहँदै आएको छ ।

त्यस्तै, डिस होमले अवार्डका १३ थान कनेक्सन दुईवर्षको रिचार्ज सहित), २० जना मनोनितहरुलाई २० थान डिसहोम कनेक्सन एक वर्षको रिचार्ज सहित र १३ थानसेट–टप बक्स दुई बर्षको रिचार्ज सहित उपलब्ध गराउने बताइएको छ । यो सम्झौता एक बर्षको रहने कार्यक्रममा जानकारी गराइएको थियो । पुस २८ गते १० विधामा अवार्ड प्रदान गरिने मञ्चले यसअघि नै जानकारी गराइसकेको छ । अवार्ड अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भएको थियो । त्यसमा पौडीकी गौरिका सिंह, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र करातेका मण्डेकाजी श्रेष्ठ मनोनयनमा परेका छन् ।

यस्तै, पिपल्स च्वाई अवार्डको विजेताको चयन ई–सेवाबाट भोटिङ, फेसबुक लाइक, आयोजक नेपाल खेलकुदपत्रकार मञ्चका सदस्यहरूको मत र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतका आधारमा गरिने बताइएको छ । ई–सेवाबाट भोटिङ प्रक्रिया गत साता नै सुरु भईसकेको छ ।

वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा तथा उत्कृष्ट प्रशिक्षक विधाको मनोनयन केहि दिन सार्वजनिक गरिने मञ्चले जानकारी दिएको छ । लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड, टिम अफदीइयर अवार्डसहित अन्य अवार्डको को घोषणा अवार्ड कार्यक्रमको दिन गरिने बताइएको छ । एक अन्तर्राष्ट्रिय खेल पत्रकारलाई मञ्चले यो वर्ष पनि सम्मान गर्ने जानाएको छ ।

विगतका वर्षमा जस्तै यसपटक पनि उत्कृष्ट पुरुष, महिला, पिपल्स च्वाइस तथा प्रशिक्षक विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्ने तथा अन्य विधाका विजेताले ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर प्राप्त गर्ने मञ्चले स्पष्ट रुपमा बताएको छ ।

अवार्डलाई सह–प्रायोजनको रुपमा सूर्य नेपालप्रालि, रुस्लान, कामारु टे«डिङ प्रालि (अन्तर्राष्ट्रिय ब्राण्ड केल्मीको आधिकारिक बिक्रीवितरक केल्मी नेपाल), टर्किस एयरलाइन्स, रोयल सिंगीहोटल, होटल क्राउनप्लाजा, इमेजिङ, राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिक कमिटी रहेका छन् ।

 

प्रकाशित : 23 December, 2020

प्रतिक्रिया दिनुहोस्