केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सेमिफाइनलमा लुम्बिनी र एपिएफ

सहयात्रा टिभी

दाङ । पुस १३, सगरमाथा सिमेन्ट प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता अन्र्तगत समूह ‘ए’ बाट विभागीय टोली नेपाल एपीएफ क्लब र लुम्बिनी प्रदेश एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेका छन् । कर्णाली र प्रदेश २ भने सुरुवाती दुई खेलमा नै हार व्यहोरेर समुह चरणबाटै बाहिरिएका छन् । प्रदेश २ र कर्णाली तथा लुम्बिनी र एपिएफबीच समूह ‘ए’ को अन्तिम खेल सोमबार हुनेछ ।

एपिएफले पहिलो खेलमा कर्णालीलाई २ सय ४ रनको अन्तरले तथा लुीम्बनीले प्रदेश २ लाई ९ विकेटले हराएको थियो । लुम्बिनी र एपिएफको खेलले समूह विजेता र उप विजेता निर्धारण हुनेछ ।

लमहिको देउखुरी मैदानमा भएको आइतबारको खेलमा एपिएफले प्रदेश २ लाई ८ विकेटले हराउँदै सेमिफाइनलमा आफ्नो स्थान पक्कागरेको हो । एपिएफको जितसँगै एक खेल अगावै लुम्बिनी प्रदेशले पनि सेमिफाइनलमा स्थान बनाउन सफल भयो ।

 

प्रकाशित : 28 December, 2020

प्रतिक्रिया दिनुहोस्