केपी ओली प्रचण्ड माधव नेपाल एमाले


उपाधिका लागि काठमाडौं र चितवन भिड्दै

सहयात्रा टिभी

काठमाडौं । पुस २१, वाग्मती प्रदेशस्तरीय छनोट प्रतियोगिताको उपाधिका लागि प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज काठमाडौं र चितवन भिड्ने भएका छन् । समूह चरणको खेलमा सोमबार काठमाडौंले मकवानपुरलाई ७ विकेटले पराजित गरेपछि समूह ‘ए’ को शीर्षस्थानमा रहँदै उपाधि भिडन्त पक्का गरेको हो । चितवन यसअघि नै समूह ‘बी’ को शीर्षस्थान कायम गर्दै उपाधिको दाबेदार बनेको हो ।

मूलपानी क्रिकेट मैदानमा पहिला ब्याटिङ गर्दै निर्धारित ४० ओभरको खेलमा मकवानपुरले ३० दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ७३ रन मात्र बनाएको हो। ७४ रनको विजयलक्ष्य काठमाडौंले २० दशमलव दुई ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो । काठमाडौंका लागि इशान पाण्डेले अविजित रहँदै ३२ तथा जितेन्द्रसिंह ठकुरीले १४ रन बनाएका हुन् ।

प्रकाशित : 5 January, 2021

प्रतिक्रिया दिनुहोस्