केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अमेरिकामा वासिङ्टनको हिंसात्मक प्रदर्शनमा ४ जनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । पुस २३, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको अन्तिम समयमा अमेरिकाले एक पटक फेरि हिंसाको रुप लिएको छ ।

यस पटक वाशिंगटनस्थित क्यापिटल हिलमा डोनाल्ड ट्रम्पका समर्थकले हिंसा मच्चाएका छन् । ट्रम्पका हजारौँ समर्थक क्यापिटल हिलमा हतियारसहित पसेका थिए ।

उनीहरुले त्यहाँ तोडफोड गर्नुका साथै सीनेटरलाई बाहिर निकालेर कब्जा समेत गरेका थिए । यस हिंसामा ४ जनाको मृत्यु भएको बुझिएको छ । बाइडेनलाई राष्ट्रपति बनाउने तयारी चलिरहेको बेला यो हिंसा भड्किएको हो ।डोनाल्ड ट्रम्पलाई सत्तामा राख्नको लागि दबाव दिइएको छ ।

वाशिंगटनका पुलिसका अनुसार मृत्यु हुने ४ जनामा एकजना महिला समेत रहेकी छन् ।उनलाई पुलिसको गोली लागेको थियो ।

प्रकाशित : 7 January, 2021

प्रतिक्रिया दिनुहोस्