केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आधिकारिक नेकपा हामी नै हौँ प्रचण्डको दाबी

सहयात्रा टिभी

काठमाडौं । पुस २८, नेपाल कम्युनिष्ट पार्टी (दाहाल–नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधिकारिक पार्टी आफ्नै समूहको हुने दाबी गरेका छन्। पोखरामा आयोजित कार्यकर्ता भेला तथा अभिमुखीकरणका क्रममा बोल्दै अध्यक्ष प्रचण्डले आधिकारिक नेकपा र सूर्य चिन्ह पनि आफ्नै समूहको हुने बताएका हुन्।

तपाईंहरु ढुक्क हुनुस्, नेकपा पार्टी र सूर्य चिन्ह हाम्रै हुन्छु, दाहालले भने, आँधीहुरी बतासले पनि यो कुरालाई रोक्न सक्दैन । हिजो निर्वाचन आयोगमा जाँदा आफूहरुलाई कसैले नहप्काएको उनले दाबी गरे । केपी ओलीका मान्छेले हप्काएर पठायो भनेर चर्चा गरेका छन् उनले भने, तर तपाईंहरु ढुक्क भए हुन्छ, निर्वाचन आयोगले हाम्रै पक्षमा निर्णय लिने छ।

आफ्नो साथ छाडेका नेताहरुलाई दाहालले बिहान रिसाएर हिँडेका छोराछोरीको संज्ञा दिए। बिहान रिसाएर हिँडेका छोराछोरीलाई आमाले उस्तै माया गर्छिन् उनले भने, बिहान रिसाएर हिँडे पनि बेलुका फर्कदा हामी उनीहरुलाई त्यस्तै स्वागत गर्न तयार छौँ ।

प्रकाशित : 12 January, 2021

प्रतिक्रिया दिनुहोस्