केपी ओली प्रचण्ड माधव नेपाल एमाले


युट्युबले पनि ट्रम्पमाथि प्रतिबन्ध लगायो

सहयात्रा टिभी

काठमाडौं । पुस २९, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि युट्युबले प्रतिबन्ध लगाएको छ । नीतिहरु उल्लंघन गरेको भन्दै ट्रम्पको युट्युब च्यानलमा पोष्ट गरिएको भिडियोहरु हटाउदै कम्तिमा पनि एक सातासम्म नयाँ भिडियोहरु अपलोड गर्न नपाउने गरि प्रतिबन्ध लगाएको छ ।

गत साता उनका समर्थकहरुले अमेरिकी संसदमा हिंसा फैलाएपछि ट्रम्पविरुद्ध सामाजिक सञ्जालहरुले उनीमाथि प्रतिबन्ध लगाउन थालेका हुन् । यसैक्रममा २७ लाख सब्स्क्राइबर्स भएको ट्रम्पको च्यानलमाथि पनि प्रतिबन्ध लगाइएको हो । यसअघि पनि दुई सामाजिक सञ्जाल फेसबुक र ट्वीटरले पनि उनको अकाउन्ट बन्द गरेका थिए ।

राष्ट्रपति निर्वाचनमा पराजित भएपछि हार स्वीकार गरेका ट्रम्पले विवादास्पद अभिव्यक्ति दिँदै आएका छन् । उनले आफ्ना समर्थकहरुलाई हिंसात्मक गतिविधिहरुमा उक्साउदै आएपछि उनको चर्को आलोचना समेत भइरहेको छ ।

प्रकाशित : 13 January, 2021

प्रतिक्रिया दिनुहोस्