केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेकपा प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक बस्दै

सहयात्रा टिभी

काठमाण्डौ । माघ ११, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव समूहको स्थायी कमिटीको बैठक आज बस्दै छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक दिउँसो साढे १२ बजे बस्ने छ । समसामयिक राजनीतिक विषय, प्रतिनिधिसभा विघटनविरुद्ध शुक्रबार काठमाडौंमा गरेको आन्दोलनको समिक्षा र थप आन्दोलनको कार्यक्रमलगायतका विषयमा छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

शनिबार उपलब्ध स्थायी कमिटी सदस्यहरुबीच केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको ९ गतेको विरोध सभाको समीक्षा र आगामी कार्यक्रमबारे सामान्य छलफल भएको थियो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोधिएको तीन दिने स्पष्टीकरण, पार्टीको महासचिव चयन, प्रदेश सरकारको अवस्था लगायतका विषयमा पनि छलफल हुनसक्ने एक नेताले बताए ।

गएको पुस ५ गते प्रतिनिधिसभाको विघटनपछि नेकपा दुई समूहमा विभाजित भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड-माधव समूहले आन्दोलन गर्दै आएको छ ।

प्रकाशित : 24 January, 2021

प्रतिक्रिया दिनुहोस्