केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एसियाको ठूलो लागूऔषध गिरोहका प्रमुख नेदरल्याण्ड्समा पक्राउ

सहयात्रा टिभी

काठमाडौं । माघ ११, नेदरल्याण्ड्सको प्रहरीले एसियाको सबैभन्दा ठूलो लागूऔषध गिरोहका प्रमुख से चि लोपलाई पक्राउ गरेको छ । चिनियाँ मूलका क्यानडेली नागरिक लोपलाई नेदरल्याण्ड्सको प्रहरीले अष्ट्रेलियाको पक्राउ पुर्जीको आधारमा पक्राउ गरेको हो । लोप ‘द कम्पनी’का प्रमुख मानिन्छन् । यो कम्पनीले एसियामा हुने गरेको ७० अर्ब डलरको अवैध लागूऔषधको कारोबारको ठूलो हिस्सा आगट्ने बताईएको छ ।

सन् २०१९ मा अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लोपलाई एसियाको मोस्ट वान्टेड व्यक्ति रहेको उल्लेख गरेको थियो । पछिल्लो केही वर्षमा लोप मकाउ, हङकङ र ताइवानमा रहँदै आएको हल्ला चलेको थियो ।

मोस्ट वान्टेड भगौडामध्येका एक रहेका लोप आम्सटर्डमस्थित स्किफोल एयरपोर्टबाट पक्राउ परेका हुन् । अष्ट्रेलियाले अब उनको सुपुर्दगीको प्रक्रिया सुरु गर्ने जानकारी दिएको छ । अष्ट्रेलियाले आफ्नो मुलुकमा आउने ७० प्रतिशत अवैध लागूऔषधमा ‘द कम्पनी’को संलग्नता रहने गरेको दाबी गर्दै आएको छ । अष्ट्रेलियाले पछिल्लो एक दशकदेखि लोपलाई खोज्दै आएको थियो ।

 

प्रकाशित : 24 January, 2021

प्रतिक्रिया दिनुहोस्