केपी ओली प्रचण्ड माधव नेपाल एमाले


हाइड्रोपावरले उचाल्यो सेयर बजार

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ०९, साताको पहिलो दिन सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले वृद्धि भएको छ । नेप्से परिसूचक ३ दशमलव ६६ अंकले उकालो लाग्दा नेप्से परिसूचक २ हजार ६ सय ४० दशमलव ३४ अंकमा पुगेको छ । हाइड्रोपावरको सव–इन्डेक्स ४ प्रतिशत भन्दा धेरैले उकालो लागेको छ । यो समूहमा उछाल आउदा नेप्से परिसूचक पनि उकालो लागेको हो ।

समग्रमा नेप्से परिसूचक बढ्दा ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ओरालो लागेको छ । सेन्सेटिभ इन्डेक्स २.२० अंकले घटेको हो । कारोबार रकम भने ८ अर्ब ८३ करोड रुपैयाँ भन्दा माथि भएको छ । व्यापार, विकास बैंक, होटल लगायतका समूहहरु बढेर हरियो देखिएका छन् भने बैंकिङ, जीवन बिमा, निर्जिबन बिमा र लघुवित्त लगातयका समूहहरु भने घटेर राताम्मे देखिएका छन् । अघिल्लो साता चमक देखिएको बैंकिङ समूह आइतबार ७.१३ अंकले घटेको छ ।

प्रकाशित : 21 February, 2021

प्रतिक्रिया दिनुहोस्