केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नवौं पटक अस्ट्रेलियन ओपनको उपाधि जित्न सफल जोकोभिच

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ०९, संसारको नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचले नवौं पटक अस्ट्रेलियन ओपनको उपाधि जितेका छन् । सर्बियन खेलाडी जोकोभिचले आइतबार मेलवर्नमा भएको वर्षको पहिलो ग्राण्ड्सलाम प्रतियोगिता अस्ट्रेलियन ओपनको फाइनलमा रसियद डानिएल मेदभेदेवलाई ३–० को सेटमा हराए ।

अस्ट्रेलियन ओपन नवौं पटक जितेका जोकोभिचले ग्राण्ड्सलाम उपाधि संख्या १८ पुर्‍याएका छन् । जोकोभचिले अस्ट्रेलियन ओपनमा ९ पटक फाइनल पुग्दा सबैमा उपाधि जितेका हुन् । यसअघि सन् २०११ देखि २०१३ सम्म उनले लगातार तीन पटक मेलवर्नमा उपाधि जितेका थिए । जोकोभिच सर्वाधिक ग्राण्ड्सलाम जित्नेमा स्वीस रोजर फेडेरर र स्पानिस खेलाडी राफेल नाडाल भन्दा २ ले मात्र पछि छन् । फेडेरर र नाडाले समान २० पटक ग्राण्ड्सलाम जितेका छन् ।

प्रकाशित : 21 February, 2021

प्रतिक्रिया दिनुहोस्