केपी ओली प्रचण्ड माधव नेपाल एमाले


संसद विघटनको मुद्दाको फैसला एवं आवश्यक सुरक्षाका विषयमा सुरक्षा परिषद् बैठकमा छलफल

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ११, संसद विघटनका वारेको मुद्दाको फैसलापछि आवश्यक सुरक्षा सतर्कताबारे सुरक्षा परिषद्को बैठक बसेको छ । सोमवार बिहान बसेको राष्ट्रिय सुरक्षा परिषदको बैठकमा संसद विघटनको मुद्दाको फैसला एवं त्यसपछिको आवश्यक सुरक्षा सतर्कताबारे छलफलका लागि बैठक बसेको हो ।

सर्वोच्च अदालतमा फैसलाको अन्तिम अवस्थामा रहेको संसद विघटनको मुद्दा आज ९मंगलवार० हेर्दाहेर्दैको पेशीमा राखिएको छ । यो साताभित्र वा आउने शुक्रवारसम्ममा फैसला सुनाउने सर्वोच्चको तयारी रहेको बुझिएको छ । त्यसपछि आउन सक्ने सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर सरकारले त्यसपछिको सुरक्षा सतर्कताका बारेमा परिषदको बैठकमा छलफल गरिएको हो । सर्वोच्चको आजको पेशीबाट फैसलाको मिति तय हुनसक्ने अनुमान पनि गरिएको छ ।

 

प्रकाशित : 23 February, 2021

प्रतिक्रिया दिनुहोस्