केपी ओली प्रचण्ड माधव नेपाल एमाले


च्याम्पियन्स लिग फुटबलअन्तर्गत बायर्नको सानदार जित

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १२, साविक विजेता तथा जर्मन क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा सहज जित निकालेको छ। मंगलबार राति भएको खेलमा बायर्नले इटालियन क्लब लाजियोलाई ४-१ गोल अन्तरले पराजित गरेको हो। लाजियोको मैदानमा बायर्नलाई जित दिलाउन रोबर्ट लेवान्डोस्की, जमल मुसिआला र लोरी सानेले एक एक गोल गरे।

खेलको ४२ औं मिनेटमा सानेले गोल गरेपछि पहिलो हाफमा बायर्न ३–० ले अघि रह्यो। खेलको ४७ औं मिनेटमा फ्रान्सिस्कोले आत्मघाती गोल गर्दा बायर्न ४-० ले अघि रह्यो। त्यसपछि खेलको ४९ औं मिनेटमा जोआक्विनले एक गोल फर्काएपनि बायर्न ४–१ ले विजयी भयो। जितसँगै बायर्नले क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। २४ औं मिनेटमा १७ वर्षीय युवा खेलाडी जमलले गोल गर्दा बायर्नको अग्रता दोब्बर बन्यो। उनको यो पहिलो च्याम्पियन्स लिग गोल हो।

प्रकाशित : 24 February, 2021

प्रतिक्रिया दिनुहोस्