केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एम्बाप्पेको दुई गोल

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १६, किलियान एम्बाप्पेको दुई गोलको मद्दतले पेरिस सेन्ट जर्मेनले लिगको पुछारमा रहेको डिजोनलाई पराजित गरेको छ । जीतसँगै पीएसजी लिग वानको दोस्रो स्थानमा उक्लिएको छ । शनिबार पीएसजी ४–० गोलले विजयी बनेको हो ।

मोइस किनले माउरिसियो पोचेटिन्होको टोलीलाई अग्रता दिलाए भने त्यसपछि एम्बाप्पेले पेनाल्टीबाट टोलीको अग्रता दोब्बर बनाउन सफल भए । दोस्रो हाफमा उनले अर्को गोल थपे भने क्लबका लागि उनको यो ११३ औँ गोल थियो । माउरिसियो पोचेटिन्हो आएयता एम्बाप्पले क्लबका लागि ९ गोल गरेका छन् । खेलको अन्त्यतिर ड्यानिलोले अर्को गोल थपे । २७ खेलबाट पीएसजीको ५७ अंक रहेको छ । शीर्ष स्थानमा रहेको लिलको ५८ अंक रहेको छ । यद्यपि, लिलले एक खेल कम खेलेको छ ।

प्रकाशित : 28 February, 2021

प्रतिक्रिया दिनुहोस्