केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेप्से ७९.७४ अंकको गिरावट, शिखर इन्स्योरेन्सको एक अर्ब रुपैयाँको कारोबार

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १६, हप्ताको पहिलो दिन आइतवार शेयर बजार झण्डै ८० अङ्कले घटेर २५ सय विन्दुभन्दा तल झरेको छ । होटल तथा पर्यटन बाहेक अरू सबै समूहको शेयर गिरावट आएपछि नेप्से ७९ दशमलव ७४ अङ्कले घटेर २४ सय ७४ दशमलव दशमलव ३९ विन्दुमा झरेको छ ।

प्रि-ओपनिङमा ३ अंकले बढेको नेप्से तिब्र गिरावटकाबीच ३।१२ प्रतिशत अर्थात ७९।७४ अंकले घटेर बन्द हुन पुग्यो । नेप्से परिसूचक २४ सय ७४।३९ अंकमा झरेको छ ।

दोस्रो बजारमा २०७ कम्पनीका एक करोड ६० लाख १७ हजार ३२२ कित्ता सेयर ९६ हजार १५१ पटक खरिद बिक्री हुँदा कुल कारोबार रकम ८ अर्ब ३५ करोड ५२ लाखको कारोवार भयो । सबैभन्दा धेरै शिखर इन्स्योरेन्सको एक अर्ब दुई करोड रुपैयाँको शेयर कारोबार भयो । शिखर इन्स्योरेन्सले लाभांश घोषणा गरेपछि लगानीकर्ता शेयर किनबेचमा लालयित भएका हुन् ।

प्रकाशित : 28 February, 2021

प्रतिक्रिया दिनुहोस्