केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ट्रम्पको नयाँ पार्टी खोल्ने योजना नरहेको, तर २०२४ मा पुनः राष्ट्रपति पदका लागि लड्न सक्ने

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १७, अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो नयाँ पार्टी खोल्ने कुनै पनि योजना नरहेको बताएका छन् । रिपब्लिकन मत बाँडिने बताउँदै उनले नयाँ पार्टी नखोल्ने जिकिर गरेका हुन् । नयाँ पार्टी खोल्ने खबरलाई झुटो बताउँदै ७४ वर्षीय पूर्वराष्ट्रपतिले ठट्टा गर्दै भने, ‘के त्यो उत्कृष्ट हुँदैन होला ? नयाँ पार्टी खोलौँ ताकि हामी हाम्रो मतलाई विभाजन गरौँ र कहिले पनि जितौँ ।’ ‘हामीसँग रिपब्लिकन पार्टी छ । यो एकताबद्ध हुनेछ र इतिहासकै शक्तिशाली बन्नेछ,’ उनले थपे ।

 

ओर्लान्डोमा आइतबार आयोजित कन्जरभेटिभ पोलिटिकल एक्सन कन्फरेन्स (सीपीएसी) मा ट्रम्पको उपस्थिति रिपब्लिकन पार्टीमा उनको निरन्तर प्रभावलाई प्रतिबिम्बित गर्दथ्यो । बिहीबारबाट सुरु भएको सम्मेलनको वातावरण ‘प्रो–ट्रम्प’ देखिएको थियो । कार्यक्रममा टेक्ससका सिनेटर टेड क्रुज र ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जुनियर लगायत वक्ता थिए ।

प्रकाशित : 1 March, 2021

प्रतिक्रिया दिनुहोस्