केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राष्ट्रपति भण्डारीद्वारा प्रतिनिसभा बैठक आह्वान

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १७, राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गतेका लागि संसद् बैठक आह्वान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले फागुन २३ गते आइतबार दिउँसो ४ बजे बस्ने गरी प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको हो । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले संसद बैठक आह्वानका लागि सिफारिस गरेको थियो । सर्वोच्च अदालतको फैसलापछि सरकारले फागुन २४ गतेसम्म संसद् अधिवेशन आह्वान गरिसक्नुपर्नेछ ।

प्रकाशित : 1 March, 2021

प्रतिक्रिया दिनुहोस्