केपी ओली प्रचण्ड माधव नेपाल एमाले


गर्मीमा साइकल यात्रा गर्दा ध्यान दिनुपर्ने कुराहरु

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १७, गर्मीयाम सुरु भएसँगै नियमित साइकलमा यात्रा गर्नेहरूको लागि भने पसिना आउने वा स्वास्थ्यमा चासो दिन सकिएन भने समस्या हुन सक्छ । हिजोआज नियमित कार्यालय जान समेत साइकल प्रयोग गर्ने प्रयोगकर्ताहरू काठमाडौंमा बढेको पाईएको छ । नेपाल साइकल एसोसिएसनका सचिव देवेन्द्र बस्न्यातको साइकल यात्रीलाई केही टिप्स:

अगाडि नै योजना बनाउने
साइकल कुदाउने बेलामा हामीलाई पानीको आवश्यकता परिरहने गर्छ । लामो यात्रा र सहरी भेगको यात्रामा जाने हो भने पानी चिसो बनाइराख्नको लागि आइस क्युब्स समेत बोक्न नबिर्सनुहोस् । समयसमयमा पानीमा आइसक्युब्स राखेर पानी चिसो बनाउन सकिन्छ । जसले धेरै गर्मीबाट बचाउन सहयोग गर्छ ।

डिहाइड्रेसनबाट बच्ने
गर्मी मौसममा साइकलमा यात्रा गर्दा शरीरमा डिहाइड्रेसनको समस्या हुने भएकोले सबैभन्दा पहिले डिहाइड्रेसनबाट बच्नको लागि ज्यादा मात्रामा पानी पिउनुपर्दछ ।

शरीर वा अनुहारलाई शीतल बनाइराखने
छालामा सिधै हिउँ वा बरफ राख्दा त्यसले रक्तनलीलाई असर गर्न सक्छ । तर गर्मीको समयमा चिसो महसुस गराउनको लागि के गर्ने त रु जानकारहरू चिसो महसुस गराउनको लागि हाइड्रोएक्टिभ कुलिङ टावेल प्रयोग गर्न सकिन्छ । यस्तो टावेल पनि साथमा राखेर साइकल चलाउँदा बढेको शरीरको तापक्रमलाई नियन्त्रणमा ल्याउन सकिन्छ ।

पोषाकमा ध्यान दिने
गर्मी मौसममा साइकल चलाउँदा पहिरनमा पनि ध्यान दिनुपर्छ । छोटो दुरीको यात्राबाहेक लामो दुरी अर्थात् १० किलोमिटरभन्दा धेरै यात्रामा जानुपर्ने भए सकेसम्म पूरा बाउला भएको जर्सी र हाफ पाइन्ट लगाउनुपर्छ । यी दुवै कपडा सकेसम्म खुला खालको हुनु राम्रो हुन्छ । यसका साथै पञ्जा लगायतका आधारभूत विषय छुटाउनु हुँदैन ।

आफैँ सुरक्षित रहने
गर्मीको मौसममा सूर्यको किरण हाम्रो शरीरमा पर्दा यसले थकानको महसुस गराउने गर्छ । मान्छे सबैको स्वास्थ्य एकैनासको हुने गर्दैन । त्यसैले ज्यादा चर्कोघाममा सकेसम्म नहिँडेको राम्रो । हिँड्नै परेपनि रिहाइड्रेड गर्ने उपायहरु अपनाउने, सनोसनहरु लगाउने जस्ता विषयलाई ध्यान दिन सकिन्छ ।

खानामा सन्तुलन
नियमित साइकलमा यात्रा गर्नेहरुले खाना खाने बेलामा नै विभिन्न पौष्टिक आहारको सन्तुलन मिलाएर खाने गर्नुपर्छ । खानामा पेय पदार्थको मात्रा बढी राख्नुपर्छ । झोलिलो पदार्थहरू धेरै खाने, प्रोटिन, फ्याट र कार्बोहाइड्रेलाई सन्तुलन मिलाएर खानुपर्छ । भटमास, दालहरु लगायत धेरै खानुपर्छ । यसबाहेक पर्याप्त मात्रामा फलफूल पनि खान सकिन्छ ।

नियमित अभ्यास गर्ने
गर्मी मौसममा तपाईं तातो मौसममा साइकलमा सवारी गर्नुहुन्छ भने तपाईंले नियमित अन्य अभ्यास नगर्दा पनि तपाईंलाई ठूलो अभाव महसुस गर्नु पर्दैन । साइकलमा सकेसम्म घामचर्कोमा हिन्नुलाई उपयुक्त मानिँदैन । तर हिन्नै पर्‍यो भने पनि छायामा समयसमयमा केही बेर विश्राम गरेर मात्रै फेरि कुदाउने गर्नुहोस् ।

प्रकाशित : 1 March, 2021

प्रतिक्रिया दिनुहोस्