केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेकपा खारेज फैसलाविरूद्ध पुनरावलोकन दिन सर्वोच्च जाँदै: प्रचण्ड

सहयात्रा टिभी

काठमाडौं । चैत्र १७, तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीच भएको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरूद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुनरावलोकन दिने भएका छन्।

पुनरावलोकन दिन उनी मंगलबार बिहान ११ बजे सर्वोच्च अदालत जान लागेको उनको सचिवालयले बताएको छ। यसअघि गत फागुन २३ गते नेकपा नामको पार्टी कसको नाममा हुने भन्ने मुद्दाको फैसला गर्दै सर्वोच्चले २०७५ जेठ ३ गते भएको एमाले र माओवादी केन्द्रको एकतालाई खारेज गरिदिएको थियो।

प्रकाशित : 30 March, 2021

प्रतिक्रिया दिनुहोस्