केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कर्णालीका ३ मन्त्रीले भोलि राजीनामा दिने

सहयात्रा टिभी

सुर्खेत । चैत्र २३, कर्णाली प्रदेश सरकारका ३ जना मन्त्रीले भोलि मंगलबार मात्र राजीनामा दिने भएका छन् । आइतबार बसेको एमाले संसदीय दलको बैठकले सोमबार राजीनामा दिने भनिए पनि मन्त्रीहरुले मंगलबार राजीनामा दिने बताएका छन् ।

पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेकाले मन्त्रीहरुले राजीनामा दिन लागेका हुन् भने यसअघि आइतबार बसेको नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले तीनैजना मन्त्रीलाई तत्काल राजीनामा गर्न निर्देशन दिएको थियो ।

 

प्रकाशित : 5 April, 2021

प्रतिक्रिया दिनुहोस्