केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अस्पतालमा उपचार गराउँदा रोग निको नभएपछि अन्तिम विकल्प तातो पानीमा डुबुल्की (फोटोफिचर)

सहयात्रा टिभी

म्याग्दी । चैत्र २४, प्राकृतिक चिकित्सालयको नामले चर्चित म्याग्दीको बेनीनगरपालिका–४ सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ ।

जमीनभित्रबाट ५० डिग्री सेल्सियसको तातो पानी आउने कुण्डमा एक सातासम्म नियमित स्नान गरेमा हाडजोर्नी, चर्म, ग्यास्ट्राइटिस, नशा, बाथ, ढाड दुख्ने, आङ खस्ने, पेट सुन्निने, गलगाँडलगायतका रोग निको हुने जनविश्वास रहेको छ ।

ठूला अस्पतालमा उपचार गराउँदा समेत निको नभएपछि अन्तिम विकल्पको रुपमा तातोपानीमा आउने गरेका बिरामीमा सबैभन्दा धेरै बागलुङ जिल्लाबाट आएका कुण्ड व्यवस्थापन समितिको तथ्याङ्क रहेको छ ।

शरीरभरि फैलिएको घाउ, छाला फुटेर डरलाग्दो अवस्था, सडक दुर्घटनामा गम्भीर घाइते तथा चिकित्सककै सुझावमा कुण्डमा आउने बिरामीको अनुभवले पनि कुण्डले धेरै बिरामीको परिवारमा खुशी थपेको छ ।

नेपालका विभिन्न जिल्लामा रहेका कुण्डका व्यवस्थापन समितिको भ्रमणको रोजाइँमा परेको म्याग्दीको तातोपानी कुण्ड नेपालकै उत्कृष्ट तातोपानी कुण्ड हो ।

प्रकाशित : 6 April, 2021

प्रतिक्रिया दिनुहोस्