केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कोरोनाबाट ब्राजिलमा २४ घण्टामा चार हजार भन्दा बढीको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । चैत्र २५, ब्राजिलमा गत २४ घण्टामा कोभिड– १९ को संक्रमणको कारण ४ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

ब्रालिजमा मंगलबार ४ हजार १९५ जनाले कोभिड-१९ बाट ज्यान गुमाएपछि यस संक्रमणबाट ज्यान गुमाउने व्यक्तिको संख्या करिब ३ लाख ३७ हजार पुगेको छ । कोभिड १९ को कारण ज्यान गुमाउने व्यक्तिको हिसाबमा ब्राजिलको अमेरिकापछि दोस्रो स्थान रहेको छ ।

मुलुकमा चलेको राजनीतिको कारण ब्राजिलका यो स्थिति आएको र ठूलो संख्यामा व्यक्तिहरु ज्यान गुमाउनु परेको विज्ञहरुको भनाई रहेको छ । गत हप्ता बिदेश, न्याय र रक्षा मन्त्रीहरु राजिनामा गरेपछि नयाँ मन्त्रीहरु नियुक्ति भएका थिए । त्यसैगरी सेनातर्फ सेना, नौसेना र वायुसेना कमाण्डरहरुले राजिनामा गरेपछि नयाँ कमाण्डरहरु फेरिएका थिए ।

 

प्रकाशित : 7 April, 2021

प्रतिक्रिया दिनुहोस्