केपी ओली प्रचण्ड माधव नेपाल एमाले


खरबुजा खानु स्वास्थ्यका लागी यस्ता छन् फाइदा

सहयात्रा टिभी

काठमाडौं । चैत्र २६, खरबुजामा पोटासियम र म्याग्नेसियम जस्ता तत्व पाइन्छ जसले रक्तनलीलाई स्वस्थ राखदछ ।

यो एक रसिलो फल हो जस्मा इलेक्ट्रोलाइट्स हुन्छ जसले रक्तचापलाई सामान्य राख्न मद्दत गर्दछ । खरबुजामा फाइबर प्रशस्त मात्रामा पाइन्छ जसले तपाईंको पाचन तन्त्रलाई सुधार्न समेत मद्दत गर्छ ।

खरबुजाले शरीरबाट हानिकारक टक्सिन बाहिर निकाल्ने काम गर्छ । खरबुजामा भएको इलेक्ट्रोलाइट्स र मिनरलले तपाईंलाई ऊर्जावान् राख्न मद्दत गर्छ । तीब्र रुपमा तौल कम गर्न चाहनुहुन्छ भने खरबुजालाई आफ्नो खानाको हिस्सा बनाउनुहोस् ।

यसमा लाइकोपिन नामको शक्तिशाली एन्टिअक्सिडेन्ट पाइन्छ जसले तपाईंको स्वास्थ्य समस्याजस्तै क्यान्सर र मधुमेहको खतरालाई रोक्न मद्दत गर्छ । एमिनो एसिडले भरपुर खरबुजाले तपाईंको मुटुको स्वास्थ्यका लागि शानदार हो ।

प्रकाशित : 8 April, 2021

प्रतिक्रिया दिनुहोस्