केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कृष्णबहादुर बलालले प्राप्त गरे सातौं डानको उपाधि

सहयात्रा टिभी

काठमाडौं चैत्र २९, नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका पुर्ब अध्यक्ष कृष्णबहादुर बलाल तेक्वान्दो (आइटिएफ) ब्लाक बेल्ड सातौं डानको उपाधि हात पारेका छन् । अमेरीकाको भर्जेनिया शहरमा तेक्वान्दो ग्रान्डमास्टर रियोस वलिभरोले लिएको बेल्ट परिक्षामा उत्कृष्ट नतिजा ल्याउदै बलालले छैटौं डानबाट सातौं डानमा स्त्तोन्नती गरेका हुन ।

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघले सातौं डान परिक्षाका लागि बलालको नाम मनोनयन गरि अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको प्रोमोशन उप-समितीमा सिफारिस गरेको थियो । अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको प्रोमोशन उप-समितीको १४ मार्चमा बसेको बोर्ड बैढकबाट बलाललाई परिक्षामा सामेल गर्ने निर्णय गरेको नेपाल आईटिएफ तेक्वान्दोका अध्यक्ष अन्जन धमालले जानकारी गराएका हुन् ।

 

 

प्रकाशित : 11 April, 2021

प्रतिक्रिया दिनुहोस्