केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज राति पौने ८ बजे: इण्डियन प्रिमियर लिग

सहयात्रा टिभी

काठमाडौं । चैत्र २९, इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आइतबार (आज) सनराइजर्स हैदरावाद र कोलकत्ता नाइट राइडर्स खेल हुदैँ छ । उक्त खेल नेपाली समय अनुसार राति पौने ८ बजेदेखि चेन्नेईमा सुरु हुनेछ ।

कोलकत्ताको कप्तानी इयान मोर्गन र हैदरावादको कप्तानी डेभिड वार्नरले गर्ने छन् । २०१८ मा हैदरावाद चेन्नेईसँग पराजित हुँदै उप विजेता बनेको थियो ।

गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले चेन्नेई सुपर किंग्सलाई ७ विकेटले हराएको थियो भने चेन्नेईले दिएको एक सय ८९ रनको लक्ष्य दिल्लीले ८ बल बाँकी छँदै मात्र ३ विकेट गुमाएर भेट्टायो । सो जितपछि गत वर्षको उपविजेता दिल्लीले आइपीएलमा सुखद सुरुवात गरेको बताईएको छ ।

 

प्रकाशित : 11 April, 2021

प्रतिक्रिया दिनुहोस्