केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नयाँ वर्षमा घुमघामका लागि पुग्नैपर्ने ठाउँ पोखरा (फोटो फिचर)

सहयात्रा टिभी

काठमाडौं । चैत्र ३१, नयाँ वर्षमा घुमघामका लागि पुग्नैपर्ने रमणीय ठाउँ हो पोखरा । आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको पोखरा पछिल्लो समय चाडपर्व र कामको थकान मेट्नका लागि जाने नयाँ गन्तव्य नै बनेको छ ।

नेपालीहरुको नयाँ वर्षको आगमनसँगै पोखरा घुमघाममा आउनेको सङ्ख्या बढिरहेको छ । पर्यटकीय नगरी पोखरामा नयाँ वर्षसँगै प्राकृतिक सौन्दर्यको मजा लिने मनोरम दृश्य भएका धेरै स्थान छन् । पोखराको बीचमा सुन्दर फेवाताल र उत्तरतर्फका मनमोहक हिमशृङ्खलाका साथै तालबाराही मन्दिर, पातलेछाँगो, गुप्तेश्वर गुफा, महेन्द्र गुफा, चमेरे गुफा, बेगनास ताल, विन्ध्यवासिनी मन्दिर, सेती नदी लगायत दर्जनौँ मनमोहक ठाउँहरुको दृश्यावलोकन गर्न सकिन्छ ।

पोखराको उत्तरतर्फको सराङकोट डाँडाबाट प्याराग्लाइडिङ उडाएर फेवा किनारामा अवतरण गराउँदाको मज्जा नै बेग्लै रहेको छ । पछिल्लो समय पोखराको याम्दीमा सञ्चालनमा आएको अर्को साहसिक खेल बन्जी जम्प पनि पर्यटकका लागि आकर्षणको केन्द्र हो । अन्नपूर्ण पदयात्राको मुख्य प्रवेशद्वार लमजुङको सदरमुकाम बेँसीसहर, गोरखा र कास्की समेटिएको छ । पर्यटक बेँसीसहर हुँदै पाँच हजार ४ सय १६ मिटर उचाइको अग्लो थोराङ्पास भञ्ज्याङ हुँदै मुक्तिनाथ, जोमसोम पुगेर पोखरा फर्कने गर्छन् ।

 

 

 

प्रकाशित : 13 April, 2021

प्रतिक्रिया दिनुहोस्