केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नायिका ऋचा शर्मा आमा बन्दै, भावुक हुदैँ यस्तो भनिन्

सहयात्रा टिभी

काठमाडौं । बैशाख १, नयाँ वर्षको मौका पारेर नायिका ऋचा शर्माले आफु गर्भवती भएको खबर दिएकी हुन् ।

ऋचाले आफ्नो सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘एउटा जीवनलाई आफ्नो गर्भमा हुकाउने सौभाग्य पाउँदा, आज शब्दमा आफ्नो भावनाहरु पोख्न सकिरहेको छैन । आज आफ्नो धड्कनभन्दा कोही अरुको धड्कन मभित्र प्यारो आभाष भइरहेको छ । ’

आफूभित्र हुर्किरहेको नयाँ जीवनको स्वागत गर्नका लागि ऋचा र उनका श्रीमान् दिपेक्ष विक्रम राणाले आफ्नो घरको दैलोमा सजीवनको रुख पनि रोपेका छन् । यसबारे उनी लेख्छिन्, ‘यो नयाँ जीवनको आगमन र यो रुखको अटुट साथ सधैं बनिरहोस् भन्ने तपाईंहरु सम्पूर्णको आशीर्वादको अपेक्षा गर्दछु ।’

 

प्रकाशित : 14 April, 2021

प्रतिक्रिया दिनुहोस्