केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आगामी सेप्टेम्बर ११ सम्ममा अमेरिकी सैनिकले अफगानिस्तान छाड्ने

सहयात्रा टिभी

काठमाडौं । बैशाख १, आउँदो सेप्टेम्बर ११ सम्ममा सबै अमेरिकी सैनिकले अफगानिस्तान छाड्ने भएका छन् ।

गएको वर्ष तालिबान र डोनाल्ड ट्रम्प प्रशासनबीच भएको सम्झौताअनुसार अमेरिकी सैनिकहरूले आउँदो मे महिनासम्ममा अफगानिस्तान छाड्नुपर्ने थियो त्यसैले राष्ट्रपति जो बाइडनले आगामी सेप्टेम्बर ११ तारिखअघि सबै अमेरिकी सैनिकहरूले अफगानिस्तान छाड्ने घोषणाको तयारी गर्नुभएको अमेरिकाका सरकारी अधिकारीहरुले बताएका छन् ।

गएको वर्ष तालिबानले हिंसा रोकेको चौध महिनाभित्र अमेरिकाले आफ्ना सबै सेनाहरू फिर्ता बोलाउने सम्झौता भएको थियो भने अमेरिकी नेतृत्वमा यसै महिनाको अन्त्यमा टर्कीमा हुन लागेको शान्ति सम्मेलनमा अफगान सरकार र तालिबान सहभागी हुने खबर आएको केही घण्टामै अमेरिकाले आफ्ना सैनिक फिर्ताको घोषणा गर्न लागेको हो ।

 

 

 

प्रकाशित : 14 April, 2021

प्रतिक्रिया दिनुहोस्