केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मध्यपुर थिमीमा मनाइने सिन्दुरे जात्रा (फोटो फिचर)

सहयात्रा टिभी

काठमाडौं । बैशाख ०२, बिस्केट जात्राको अवसरमा मध्यपुर थिमीमा मात्र मनाइने विभिन्न जात्रामध्ये ३२ वटा खटसहितको प्रसिद्ध सिन्दुर जात्रा मनाइएको छ । यात्रामा एक अर्कामा सौहार्दपूर्ण रुपमा सिन्दुर दल्ने, छ्याप्ने र नेवारी बाजाको तालसँगै नाच्ने गरिन्छ ।

मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली सिन्दुरे जात्रा मनाइने गरिन्छ । जात्रामा काँया बाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई घुमाउँदै एक अर्कालाई सिन्दुर दल्ने, आपसमा सिन्दुर खेली स्थानीय जात्रालु रमाइलो गर्ने भएकाले पनि यसलाई सिन्दुर जात्रा भनिएको हो ।

 

प्रकाशित : 15 April, 2021

प्रतिक्रिया दिनुहोस्