केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनको मूल्य बढेर तोलामा ९० हजार ५०० रुपैयाँ पुग्यो

सहयात्रा टिभी

काठमाडौं । बैशाख ०३, नेपाली बजारमा शुक्रबार सुनको मूल्य ७ सयले वृद्धि भएको छ ।

बिहीबार प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले बताएको छ । त्यस्तै तेजाबी सुनको मूल्य ९० हजार रुपैयाँ रहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । १२ सय ९० मा कारोबार भईरहेको चाँदीको मूल्य आज १० रुपैयाँले बढेर १३ सय रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

 

 

 

प्रकाशित : 16 April, 2021

प्रतिक्रिया दिनुहोस्