केपी ओली प्रचण्ड माधव नेपाल एमाले


के तापाँई खाना खाएपछि हिड्डुल गर्नुहुन्छ ? १० मिनेट हिड्दा यस्ता छन् फईदा

सहयात्रा टिभी

काठमाडौं । बैशाख ०४, खाना खाइसकेपछि १० मिनेट मात्र हिड्नु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । आफ्नो शरीरको क्षमता अनुसार खाना खाएपछि १० देखि ३० मिनेट हिँड्ने सकिने अनुसन्धानले समेत बताएको छ । अनुसन्धानका अनुसार हिँड्दा क्यालोरी बर्न गरेर तौल बढ्नबाट जोगाउँनुका साथै क्यान्सर जस्तो रोगको खतरा पनि घटाउँछ ।

यस्ता छन् खाना खाएपछि हिँड्नुको फाईदा:

पाचन राम्रो हुन्छ
खाना खाएपछि हिड्ने गर्दा खाना सजिलै पच्ने गर्छ । यसका साथै पेप्टिक अल्सर, छाती पोल्ने, पेटमा ऐठन र कोलोरेक्टल क्यान्सरको खतरा पनि न्यूनिकरण हुन्छ ।

रगतमा चिनीको मात्रा नियन्त्रण गर्दछ
खाना खाएपछि १० मिनेट हिँड्दा खाना खाएपछि बढ्ने ब्लड सुगरमा कमी आउँछ फलस्वरुप रगतमा चिनीको मात्रा बढ्ने खतरा कम हुन्छ ।

हृदयरोगको खतरा घटाउँछ
शारीरिक गतिविधि मुटुका लागि निकै फाइदाजनक मानिन्छ । खाना खाएपछि १० मिनेट हिँड्दा मुटु रोगको खतरा घट्ने गरेको अमेरिकाको स्वास्थ्य विभागले बताएको
छ।

तौल बढ्न दिदैन
खाना खाएपछि हिडहुल गर्दा क्यालोरी बर्न हुने विज्ञहरु बताउँछन् । खाना खाएपछि नियमित हिड्नुहुन्छ भने तौल बढ्ने खतरा केही हदसम्म कम हुने बताइन्छ ।

रक्तचाप बढ्दैन
नेशनल इन्स्टिच्यूट अफ हेल्थका अनुसार १० मिनेट हिँड्दा बढेको रक्तचाप नियन्त्रणमा रहन्छ । खाना खाएर हिँड्दा तपाईं तीब्र गतिमा भने हिँड्न नहुने विज्ञको भनाइ छ ।

प्रकाशित : 17 April, 2021

प्रतिक्रिया दिनुहोस्