केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कौसी खेती गर्नेहरूको लागि विभिन्न जातका तरकारी लगाउने सिजनको सुरुवात

सहयात्रा टिभी

काठमाडौं । बैशाख ०४, वैशाख सुरु भएसँगै कौसी खेती गर्नेहरूको लागि घरमै फलाउने विभिन्न जातका तरकारी लगाउने सिजन सुरु भएको छ।

कतिपय तरकारी मनसुन सुरु भएपछि फस्टाउन नसक्ने भएकोले मनसुन सुरु हुनुभन्दा पहिले नै फलाउने तरकारीको समेत सिजन सुरु भएको कौसीखेतीका अभियान्ताहरू बताउँछन् ।

अभियानका अभियान्ता एवं अभियान एग्रोका सञ्चालक सुभाष पण्डितका अनुसार गोलभेँडा, साग, लसुन जस्ता तरकारीहरु रोप्ने सिजन सुरु भएको छ । चैत महिनामा बिउ रोपेर तयार पारेको बिरुवा अहिले सार्ने बेला भएको छ । त्यसैगरी, यसबाहेक पनि लौका, घिरौंला, करेला भेँडेखुर्सानी आदि वैशाखको पहिलो सातामा लगाउन सकिन्छ ।

बिहान बेलुकाको समयमा जाडो नसकिइसकेको फागुन चैतको मौसममा राखेको तरकारी तथा फलफूलको बिउ अहिले बिरुवा लगाउने अवस्थामा पुगेको छ । सिधै विरुवा किन्न चाहनेको लागि पनि बजारमा बिरूवा किन्न सक्ने सुविधा रहेको छ ।

कोकोटिकमा तरकारी हुर्काउने हो भने त्यसको लागि एकभाग कोकोटिक राख्नुपर्छ र समय समयमा कम्पोस्ट थपिराख्नुपर्छ ।बिरूवा अनुसार १५ देखि २० दिनसम्मा कम्पोस्ट थपिरहनुपर्छ । कोकोटिकमा फलाउने बिरूवाको जरा धेरै तिर फैलिएको हुन्छ ।

 

प्रकाशित : 17 April, 2021

प्रतिक्रिया दिनुहोस्