केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजदेखि मिथिलाञ्चलमा चैती छठ शुरु

सहयात्रा टिभी

काठमाडौं । बैशाख ०३, मिथिलाञ्चलवासीको महान् पर्व चैती छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक शुरु भएको छ । आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभर धुमधामका साथ शुरु भएको हो ।

सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ । चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन आज व्रतीहरूले नुहाएर खाने गर्छन् अर्थात् जीउ चोख्याउने काम गर्नेछन् । व्रतीले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कूल देवताको पूजा गर्नेछन् र राति अरवा अरबाइन (विनानून हालेको) खानेकुरा खाएर पर्वको दोस्रो दिन खर्ना मनाईन्छ ।

षष्ठीका दिन व्रतीले सन्ध्याकालीन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षेता फूल हालेर अन्य अर्घ सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्घ अर्पण गर्नेछन् ।

महाभारतका अनुसार द्रोपदीसहित पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तावास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । उक्त समयमा पाण्डवहरू मिथिलाको किराँत राजाका क्षेत्रमा बास बसेको उल्लेख रहेको छ ।

प्रकाशित : 16 April, 2021

प्रतिक्रिया दिनुहोस्