केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रमजानको रमझम (फोटो फिचर)

सहयात्रा टिभी

काठमाडौं । बैशाख ०३, इस्लाम धर्मावलम्बीहरूको महान पर्व रमजान शुरु भएको छ । नयाँ वर्षसँगै रोजा पर्व शुरु हुनु सम्भवतः यो पहिलो भएको बुढापाकाहरु बताउँछन् ।

उर्दू क्यालेन्डर अनुसार बुधबार बिहान ४ः १५ बजेबाट बेलुका ६ः२० बजे सम्म निराहार बस्नुलाई रोजा भनिन्छ । रमजान महिनामा नै मुसलमानको सबै भन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ ।

रमजान व्रत बस्न आज साँझ मुसलमानहरुले चन्द्रमा हेर्न आकाशतिर दृष्यावलोकन गर्ने र चन्द्रमा हेरेर रमाउने प्रचलन छ । सुनसरी चाँद बेलाका मोहम्मद इनुसले रमजान महिना हाम्रो लागि निकै महत्वपूर्ण एवं पवित्र हो र यसमा मुसलमानका पाँच आधार स्तम्भमा हज बाहेक सबै स्तम्भ पूरा हुने गर्दछ । नाबालक, बिरामी, घातक रोग लागेका र गर्भवती महिलालाई रोजा बस्न अनिवार्य छैन् ।

प्रकाशित : 16 April, 2021

प्रतिक्रिया दिनुहोस्