केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपाल सुपर लिगका खेल स्थगीत नहुने

सहयात्रा टिभी

काठमाडौं । बैशाख १४, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले निषेधाज्ञामा पनि नेपाल सुपर लिग (एनएसएल) नरोकिने बताएका छन् ।

सदस्य सचिव सिलवालले कान्तिपुरलाई भने, ‘जारी रहेको नेपाल सुपर लिगका खेल रोकिने छैनन् । हामीले सम्बद्ध निकायसँग स्वीकृति लिइसकेका छौं । आयोजकले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरेर खेल सञ्चालन गर्नेछ ।’

नेपालको पहिलो फ्रान्चाइज लिग नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानजमेन्टको आयोजनामा सञ्चालन भइरहेको छ । प्रतियोगिताको पहिलो चरण सोमबार सकिएको छ भने मंगलबारबाट दोस्रो चरण सुरु हुँदै छ ।

प्रकाशित : 27 April, 2021

प्रतिक्रिया दिनुहोस्