केपी ओली प्रचण्ड माधव नेपाल एमाले


छिमेकि राष्ट्र भारतमा कोरोना संक्रमितको संख्या २ करोड नाघ्यो

सहयात्रा टिभी

काठमाडौं । बैशाख २१, नेपालको छिमेकि राष्ट्र भारतमा हाल कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या दुई करोड नाघेको छ ।

पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाका ३ लाख ५७ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका थिए भने सो अवधिमा भारतमा कोरोना संक्रमणको कारण ३ हजार ४४९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भारतको महाराष्ट्रमा कोरोनाका ४८ हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् ।

त्यसैगरी, भारतमा गत शनिबार एकैदिन चार लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको थियो । भारत विश्वमा सबैभन्दा बढी नयाँ संक्रमित थपिइरहेको मुलक हो । कोरोना संक्रमण नियन्त्रणको लागि भारतका केही राज्यमा लकडाउन तथा सामाजिक गतिविधिमा प्रतिबन्धका नियम लगाइएको छ ।

 

 

प्रकाशित : 4 May, 2021

प्रतिक्रिया दिनुहोस्